Logo
१५ बैशाख २०८१, शनिबार
(February 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस हप्ताको राशिफल (माघ २६ देखि फाल्गुन ३ गतेसम्म)

मेष
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। व्यापार, व्यवसायमा मध्यम लाभ हुनेछ। पारिवारिक उन्नति, प्रगति हुनेछ। दाजुभाइ, दिदीबहिनीबीचको प्रेम र सद्‌भाव राम्रो देखिन्छ। खानपानमा मुख बार्नुपर्नेछ। यात्रा मध्यम छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

वृष
देश-विदेशको यात्राको योग बन्नेछ। पारिवारिक उन्नति, प्रगतिमा ग्रहले राम्रो साथ दिनेछ। दाजुभाइ, दिदीबहिनीबीचको प्रेम र सद्‌भाव राम्रो देखिन्छ। आयआर्जनका मार्गहरू प्रशस्त रहन सक्नेछन्। दाम्पत्य जीवनमा केही कष्ट हुन सक्नेछ। छात्रछात्राहरूका लागि साता मध्यम रहेको छ।

मिथुन
नयाँ कार्यको थालनी हुनेछ। आर्थिक उपार्जन र उन्नति, प्रगतिको वातावरण बन्नेछ। आफन्त, परिजनको सहयोग प्राप्त हुन सक्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सामान्य लाभ होला। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। व्यापार, व्यवसायमा लाभ हुनेछ। धार्मिक कार्यमा सरिक हुने समय रहेको छ। बैंकिङ क्षेत्रमा काम गर्नेहरूका लागि साता त्यति राम्रो रहेको छैन।

कर्कट
पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। घरपरिवारको सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। व्यापार, व्यवसायमा मध्यम लाभ छ। खेलाडीहरूका लागि साता सामान्य रहेको छ। कृषि क्षेत्रमा लाभ छ।

सिंह
दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि छाउनेछ। आर्थिक उपार्जन र उन्नति, प्रगतिका मार्गहरू प्रशस्त बन्नेछन्। लेनदेनमा केही विवाद र अप्ठ्यारा पक्षहरूको सामना गर्नुपर्ने हुन सक्छ। दाजुभाइबीचको माया, प्रेम र सद्भाव सामान्य बन्दै जानेछ। खानपानमा मुख बार्नुपर्नेछ।

कन्या
आर्थिक समृद्धि, उन्नति, प्रगतिको साता बन्नेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि छाउनेछ। व्यापार, व्यवसायमा मध्यम लाभको साता छ। खानपानमा निकै मुख बार्नुपर्नेछ। अकस्मात् यात्राको योग बन्न सक्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा मध्यम लाभ छ।

तुला
नयाँ कार्यको थालनीको योग बन्नेछ। आर्थिक उपार्जन र उन्नति, प्रगतिका मार्गहरू बन्लान्। घरपरिवार, कुलकुटुम्ब, इ्ष्टमित्रबाट भरपूर सहयोग प्राप्त हुनेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। व्यापार, व्यवसायमा लाभको योग छ। राजनीतिक क्षेत्र सामान्य देखिन्छ। घरायसी मनमुटाव होला। शेयर व्यवसायमा सफलता मिल्ने देखिन्छ।

वृश्चिक
पारिवारिक एवं दाम्पत्य जीवनमा सुख, शान्ति रहला। अकस्मात् धनप्राप्ति हुन सक्नेछ। केही झुटा आरोप, प्रत्यारोप लाग्न सक्नेछन्। स्वास्थ्यमा विचार पुऱ्याउनुपर्नेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। व्यापार, व्यवसायमा मध्यम देखिएको छ। खेलाडीहरूका लागि साता सामान्य छ। साहित्य, सङ्गीतमा भने निकै राम्रो प्रदर्शन हुनेछ।

धनु
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। दाम्पत्य र पारिवारिक जीवन मध्यम छ। केही तनाव बढ्न सक्ने देखिएको छ। नचाहिँदा झुटा आरोप, प्रत्यारोप सहनुपर्ला। न्याय क्षेत्रबाट उचित न्याय प्राप्त हुन सक्नेछ। व्यापार, व्यवसायमा मध्यम छ। कृषि क्षेत्रमा लाभको योग छ। अकस्मात् यात्रा हुन सक्नेछ। बैंकिङ क्षेत्रमा काम गर्नेहरूका लागि साता सामान्य रहला। छात्रछात्राहरूका लागि भने साता उत्कृष्ट देखिन्छ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ।

मकर
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। व्यापार, व्यवसायमा मध्यम लाभ होला। राजनीतिक क्षेत्रमा साथ, सफलता मिल्नेछ। उन्नति, प्रगति हुन सक्नेछ। स्वास्थ्यमा निकै विचार पुऱ्याउनुपर्नेेछ। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। गर्न खोजेको काममा मानसिक अशान्ति र पीडा हुन सक्नेछ। सवारी साधनमा विचार पुऱ्याउनुपर्नेछ। नचाहिँदा झुटा आरोप, प्रत्यारोप सहनुपर्ला।

कुम्भ
काममा राम्रो साथ र सफलता मिल्नेछ। आयआर्जनका मार्गहरू प्रशस्त बढ्नेछन्। दिएको पैसा फिर्ता पाउन ढिलासुस्ती हुन सक्नेछ। सरकारी काममा बाधा पर्न सक्ने देखिएको छ। अकस्मात् धनप्राप्तिका योगहरू बन्न सक्नेछन्। दाम्पत्य र पारिवारिक जीवनमा भने सुख,शान्ति, समृद्धि छाउनेछ। नयाँ सवारी साधनको योग बन्नेछ।

मीन
मनमा उत्साह र उमङ्ग छाउनेछ। स्वास्थ्यमा केही समस्या रहला। घरपरिवारको सहयोग प्राप्त हुनेछ। व्यापार, व्यवसायमा लाभ हुनेछ। शैक्षिक क्षेत्रमा निकै राम्रो हुने देखिन्छ। पारिवारिक उन्नति, प्रगतिमा ग्रहले राम्रो साथ दिनेछ। लेनदेनमा तनाव र केही अप्ठ्यारा पक्षहरू रहलान्। शेयर व्यवसायमा सफलता मिल्नेछ।

प्रकाशित मिति: Feb 9, 2020

प्रतिक्रिया दिनुहोस्