Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफैले आफूलाई माननीय लेख्दै सरकार फेर्न दवाब सहित राज्यमन्त्री झाले दिइन राजिनामा

प्रदेश २ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पलकुमारी झाले पदबाट राजीनामा दिएकी छन्। सरकार र मन्त्रीको कामप्रति असन्तुष्टि जनाउँदै राज्यमन्त्री झाले मङ्‌गलबार राजीनामा दिएकी हुन्।

प्रदेश सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट राज्यमन्त्री बनेकी झाले राजीनामा पत्र सार्वजनिक गर्दै राजीनामा गरेको जानकारी गराएकी छन्। उनी राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाकी श्रीमती हुन्।

‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकूल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा गरेको छु,’ राजीनामा पत्रमा लेखेकी छन्।का

मन्त्रालयमा जिम्मेवारी बाँडफाँडको क्रममा मन्त्री सोनलले अधिकार प्रत्यायोजन गर्न नमानेको भन्दै पटक-पटक उनले पार्टी पङ्‌क्तिलाई गुनासो पोख्दै आएकी थिइन्।

२०७५ साउन ९ गते प्रदेश २ सरकारले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा राजपाबाट राज्यमन्त्रीमा झाले शपथ लिइएकी थिइन्। राज्यमन्त्री झा लामो समयदेखि भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलबाट असन्तुष्ट थिइन्।

मन्त्रालयमा जिम्मेवारी बाँडफाँडको क्रममा मन्त्री सोनलले अधिकार प्रत्यायोजन गर्न नमानेको भन्दै पटक-पटक उनले पार्टी पङ्‌क्तिलाई गुनासो पोख्दै आएकी थिइन्। मन्त्रालयमा राज्यमन्त्री झालाई अपमानित महसुस हुन थालेपछि बाध्य भएर राजीनामा दिएको राजपाका एकजना महासचिव राजीव झाले बताए।

‘राज्यमन्त्रीज्युलाई मन्त्रालयमा स्टाफ सरह पनि व्यवहार गरिँदैन थियो। गाडी चढ्नुबाहेक कुनै जिम्मेवारी थिएन,’महासचिव झाले भने, ‘कर्मचारी र सचिवबाटसमेत पटक-पटक ‘इन्टेन्सनल्ली’ (नियोजित) अपमान गराउने कार्य हुँदै आएको थियो।’

लामो समयदेखि लड्दासमेत अधिकार नपाएपछि बाध्य भएर राज्यमन्त्री झाले राजीनामा दिएको उनको भनाइ छ। उनीसँगै उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललेसमेत जनकपुरमा बसेको राजपा अध्यक्षमण्डलको बैठकमा मन्त्रीहरूले अधिकार नदिएको गुनासो पोखेका थिए।

अध्यक्षमण्डलको बैठकले सबै मन्त्रीलाई अधिकार प्रत्यायोजन गरी राज्यमन्त्रीलाई जिम्मेवारी हस्तान्तरण गर्न निर्देशन दिएको थियो। तर, यसै विषयलाई लिएर पटक-पटक आन्तरिक खटपट हुँदै गर्दासमेत निर्देशन कार्यान्वयन नभएपछि राज्यमन्त्री झाले राजीनामा दिएको एक राज्यमन्त्रीले बताए।

‘जनताले राज्यमन्त्री बुझ्दैनन्। काम खोज्छन्। मन्त्रीज्यूले कुनै जिम्मेवारी दिइराख्नुभएको छैन,’ उनले भने, ‘मन्त्रालयको फाइल गएर हेर्नुस् कतै राज्यमन्त्रीको साइन चल्दैन। कुनै कामै गर्न नसकेपछि राज्यमन्त्री बनेको के काम?’

मन्त्री सोनलले मन्त्रालयभित्र राज्यमन्त्रीलाई बाइपास गरेर एकलौटी ढङ्‌गबाट हिँडेकाले राजीनामा दिनुपर्ने स्थिति आएको उनले बताए। मन्त्रालयको योजना छनाेटको क्रममा समेत मन्त्री सोनलले सहकार्य नगरेकाले समेत राज्यमन्त्री झा रुष्ट भएर राजीनामा बुझाएको बताइएको छ।

उनले लेखेको राजीनामा पत्रमा आफैले आफूलाई माननीय लेखेकी छन् ।

हेर्नुस् राजीनामा पत्र:

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्