Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारका अधिकृतलाई जासुस परिचालनको अधिकार – आवश्यक सूचना संकलन गर्न पाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अनुसन्धान अधिकृतलाई भ्रष्टाचारजन्य कसूरको अनुसन्धानका क्रमामा आवश्यक सूचना संकलन गर्न पाउने अधिकारको प्रस्ताव गरिएको छ ।

आयोगसँग सम्बन्धित दुई ऐन भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा सरकारले यस्तो प्रस्ताव गरेको हो । सरकारले केही दिनअघि राष्ट्रियसभामा दर्ता गरेको निवारण ऐन २०५९ को थप गरिएको प्रस्तावित दफा ६२ घ मा अनुसन्धान अधिकारीले सुराकी वा अनुसन्धान सूत्र प्रयोग गर्न सक्ने भन्दै यस्तो प्रावधानलाई खुलाइएको छ ।

जसमा भनिएको छ– ‘अनुसन्धान अधिकारीले भ्रष्टाचारजन्य कसूरमा आवश्यक पर्ने सूचना संकलन गरी अनुसन्धानलाई अझ प्रभावकारी बनाउन उचित र पर्याप्त कारण भएमा सुराकी वा अनुसन्धान सुत्र ९इन्टिलिजेन्स० परिचालन गर्न सक्नेछ ।’ यो समाचार आज प्रकाशित नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति: Jan 24, 2020

प्रतिक्रिया दिनुहोस्