Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि देशभर मतदान जारी (हेर्नुस् तस्विरहरु)

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदाताहरु । तस्वीर: रोशन सापकोटा, रासस

राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु भएको छ । सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार, बिहीबार बिहान १० बजेदेखि तोकिएका मतदानस्थलनमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये बिहीबार १८ सिटका लागि मतदान हुँदैछ ।

आयोगका अनुसार, प्रत्येक प्रदेशको १ स्थानमा मतदानस्थल तोकिएको छ । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता रहने यो निर्वाचनमा कुल मतभार ५३ हजार ५ सय ८ रहेको छ ।

चुनावका लागि ६ दलका ४५ जना उम्मेदवार छन् । प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन र वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका-४ स्थित वडा समिति भवन मतदानस्थल तोकिएको छ ।

गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका मतदाताका लागि दीपायलस्थित पद्म पब्लिक मुक्तिनारायण उच्च माविबाट मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

हेर्नुस् तस्विरहरु : 

दाङमा जारी राष्ट्रियसभा निर्वाचनको मतदान जारी रहेको छ । प्रदेश नम्वर ५ का १२ जिल्लाका प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख उपप्रमुखहरुले अहिले मतदान प्रक्रियामा भाग लिइरहेका छन । तस्वीर: रीता लामा, रासस

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाताहरु । तस्वीर: रोशन सापकोटा, रासस
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले मतदान गर्ने क्रममा । तस्वीर: रोशन सापकोटा, रासस
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले मतदान गर्दै । तस्वीर: रोशन सापकोटा, रासस
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका सासद मतदान गर्दै । तस्वीर : रोशन सापकोटा, रासस
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदाताहरु । तस्वीर: रोशन सापकोटा, रासस
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाताहरु । तस्वीर: रोशन सापकोटा, रासस
राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलखेल मतदान केन्द्रमा राष्ट्रियसभा सदस्यका नेपाल कम्युनिष्ट पार्टी (नकपा) का उम्मेदवार बेदुुराम भुुषाल र नेपाली काँग्रेसका उम्मेदवार हरिशरण श्रेष्ठ । तस्वीर: रोशन सापकोटा, रासस
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्ने क्रममा प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्ती । तस्वीर: दीपक बोहरा, रासस

प्रकाशित मिति: Jan 23, 2020

प्रतिक्रिया दिनुहोस्