Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा मुख्यमन्त्री राउतले गरे सबैभन्दा पहिले मतदान

जनकपुरधाम : राष्ट्रियसभाको चार सीटका लागि प्रदेश दुईमा मतदान सुरु भएको छ । प्रदेश दुईको मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिले मतदान गरेपछि मतदान प्रकृया शुरु भएको हो ।

प्रदेश दुईका प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुका लागि प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा दुईवटा मतदान केन्द्र तोकिएको छ ।

प्रदेशसभा सदस्य १ सय ७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ७२ जना गरी कूल ३ सय ७९ जना मतदाताले मतदान गर्नेछन् ।

बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्ने छ ।

प्रकाशित मिति: Jan 23, 2020

प्रतिक्रिया दिनुहोस्