Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निगमले ७ अर्ब ५० करोड नाफा कमाउँदा टेलिकमको ९ अर्ब ७६ करोड मात्र नाफा

सरकारी स्वामित्वको नेपाल आयल निगमले गत आर्थिक वर्षमा ७ अर्ब ५० करोड नाफा कमाउँदा नेपाल टेलिकमले भने ९ अर्ब ७६ करोड मात्र नाफा कमायो । निगमले अघिल्लो आवमा ३ अर्ब ५८ करोड नाफा कमाएको थियो भने सो आवमा टेलिकमले १७।४८ अर्ब खुद नाफा गरेको थियो । यसरी हेर्दा निगमले ५२ प्रतिशत नाफा बढाउँदा टेलिकमको नाफा ४४।१९ प्रतिशतले घट्यो ।

सार्वजनिक संस्थानमध्ये विगत एक वर्षदेखि सधैँजसो शीर्ष स्थानमा रहेको टेलिकमको नाफा गत आवमा घट्दा सेयरधनीले पाउने प्रतिफलमा पनि उल्लेख्य कमी आएको छ । अघिल्लो वर्षसम्म प्रतिसेयर ५५ प्रतिशत लाभांस वितरण गरेको कम्पनीले अघिल्लो वर्षको नाफाबाट जम्मा ५४ रुपैयाँमात्र नाफा गर्न सक्यो ।

पुस मसान्तसम्म राजस्व लक्ष्य पुर्‍याउन सरकारलाई कठिन भइरहेका बेला यो लाभांशबाट टेलिकमले जम्मा ६ अर्बको मात्र योगदान गर्न सकेको छ । कम्पनीको हालै सम्पन्न साधारणसभामा पनि कम्पनीको नाफा कसरी बढाउने भन्नेबारे गम्भीर विमर्श भएको छ । यो समाचार आजको कारोबारमा छ ।

प्रकाशित मिति: Jan 22, 2020

प्रतिक्रिया दिनुहोस्