Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगलागीबाट एकै परिवारको ५ व्यक्तिको मृत्यु

भियतनामको दक्षिण शहर हो चि मिन्ह्मा मङ्गलबार बिहान सबेरै भएको एक आगलागीमा परी पाँच व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय समयानुसार मङ्गलबार विहान ४ बजे सो आगालगी शुरु भएको थियो । आगलागीमा परेर एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ७०, ४४ र ३० वर्षका महिला, ४० र ३७ वर्षका पुरुष छन् ।

यस आगलागी नियन्त्रण २२ जना अग्निनियन्त्रक घटनास्थलमा पुगेका र आगलागीको कारणका बारेमा अनुसन्धान शुरु भएको छ ।

सन् २०१९ मा भियतनाममा भएका ३ हजार ७५५ वटा विस्फोट र आगलागीका घटनामा परी १ सय १२ जनाको मृत्यु हुनुका साथै अन्य १ सय ७७ जना घाइते भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्