Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूचना प्रविधि विधेयकविरुद्ध काँग्रेसले जिल्ला प्रशासन कार्यालयमार्फत देशव्यापी विरोधपत्र बुझाउँदै

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज (आइतबार) सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ । काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन माग गर्दैै सरकारलाई विरोधपत्र बुझाउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘सूचना प्रविधि विधेयकमा नागरिकको फोन ट्यापिङ समेत गर्न सक्ने प्रवधान राखिएको छ । यसले नागरिको गोपनियताको संवैधानिक अधिकार हनन् हुन्छ,’ उनले भने, ‘यस्तै कोही कसैले सामाजिक सञ्जालमा कसैलाई व्यंग्य गरेवापत पाँच वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले व्यक्तिगतआलोचना एवं व्यंग्य गर्न पाउने नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षड्यन्त्र देखिएको छ । यसका विरुद्ध आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोध पत्र बुझाइँदै छ ।’

गएको पुस १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले नै संविधानविपरीत आएका विधेयकविरुद्ध पुस २८ गते देशव्यापी विरोधपत्र बुझाउने निर्णय गरेको थियो । पार्टीको आन्तरिक विवादले पुस २८ को कार्यक्रम स्थगित भएपछि शुक्रबार बसेको काँग्रेस संसदीय दलले आजलाई कार्यक्रम तय गरेको हो ।

प्रकाशित मिति: Jan 19, 2020

प्रतिक्रिया दिनुहोस्