Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मकर सङ्क्रान्ति : कोशी र कमला नदीमा नुहाउनेको भीड (फोटो-फिचर)

हिन्दू धर्मलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेहरुको भीड लागेको छ ।

आजका दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेकाले हिन्दू धर्मावलम्बीहरुले कोशी नदीमा नुहाउने गरेका स्थानीयवासी बताउँछन् ।

उक्त नदीमा सुनसरी र सप्तरी तथा छिमेकी राष्ट्र भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाका विभिन्न गाउँ र शहरका वृद्धवृद्धा, बालबालिका तथा महिला, पुरुषको भीड लागेको स्थानीयवासी राजकुमार माझीले बताए ।

नुहाउनु अगाडि धर्मावलम्बी हातमा तिल शरीरमा तिलगङ्गा जल आफ्नो जिउमा छर्केर नुहाउने गरेका उनले बताए ।

नुहाएपछि स्थानीय मठमन्दिर तथा भारदहस्थित रहेको कंकालिनी भगवती मन्दिर र कोशी ब्यारेजमा रहेका हनुमानजीको मन्दिरमा पूजाआजसमेत गर्ने गरिएको पाइएको छ ।

यस्तै सप्तकोशी ब्यारेजबाट निस्केको नहरमा समेत आज बिहानैदेखि कोशी स्नान गर्नेको भीड लागेको हनुमानगर कंकालिनी नगरपालिका–२ का लाल माझीले जानकारी दिए ।

त्यस्तै सिरहाको कमला नदीमा पनि धनुषा र सिरहाका हजारौँ हिन्दू धर्मावलम्बी आज बिहानैदेखि सो नदीमा पुगेका छन् । कमला र कोशी नदी छेउमा किनमेलका लागि मेलासमेत लागेको जनाइएको छ ।

माघे सङक्रान्ति पर्वका अवसरमा पोखरा– १७बmउस सेतीनदीस्थित सीताघाटमा स्नान गर्दै भक्तजन । सो स्थानमा प्राचीनकालदेखि ढुङ्गेसाँघु मेला लाग्दै आएको छ । तस्वीर : हरी बास्तोला

महिला उद्यम विकास समितिको आयोजनामा बेनीमा सुरु भएको नेपाल भ्रमण बर्ष २०२० सुभारम्भ तथा माघे सङक्रान्ति मेलामा पञ्चेबाजा बजाउँदै महिलाहरु । बेनी नगरपालिका–४ राक्सेका महिलाहरुले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु गरेका छन । तस्वीर : कमल खत्री
इलामको माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाकाको सिमा अर्थात माई र जोगमाई खोलाको किनारमा लागेको माइबेनी मेला । मेला भर्न नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट पर्यटक आएका छन । तस्वीर : टीका खतिवडा

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्