Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेवार समुदायको आवाज : प्रदेश ३ को नाम नेवा ताम्सालिङ नराखे आन्दोलन गर्ने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश नम्बर ३ को नाम बागमती राख्न प्रदेशसभालाई निर्देशन दिने निर्णयको विरोध हुन थालेको छ ।

नेवार समुदायका अभियन्ताहरुले प्रदेशको नाम ‘नेवा ताम्सालिङ’ राख्न माग गर्दै नेकपा सचिवालयको निर्णयको विरोध जनाएका हुन् ।

अभियन्ता मल्ल के सुन्दरले नेकपा सचिवालयले गरेको निर्णयका सम्बन्धमा सबै नेवारहरुको ध्यानकर्षण भएको बताए ।

उक्त निर्णय गैरसंवैधानिक र संघीयता विरोधी भन्दै उनले प्रदेशको नाम बागमती कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।

समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेवा ताम्सालिङ राज्य बनाउनुपर्छ भनेर पहिलेदेखि नै आन्दोलन जारी रहेको स्मरण गर्दै नेकपाको निर्णयको विरुद्ध नेवार समुदाय एकजुट हुने बताए। ‘आन्दोलनको तयारी भइरहेको छ ।

यसले जस्तोसुकै तानाशाहीलाई पनि सडकमा ल्याएर पछार्ने स्थिति आउँछ’, उनले भने । राष्ट्रिय एकताका लागि सबै जाति, भाषा, धर्म र संस्कृतिलाई मुलधाररमा ल्याउन संघीयता आएको भन्दै उनले प्रदेश नम्बर ३ लाई नेवा(ताम्सालिङ नामाकरण गर्नुपर्ने बताए ।

उनले संविधान संशोधनका विषयमा आफ्नो पार्टीसँग भएको सम्झौताबाट प्रधानमन्त्री पछि हटेको प्रति कडा टिप्पणीसमेत गरेका छन् ।

नेकपाको सचिवालय बैठकले प्रदेश नम्बर ३ को राजधानी हेटौडा र नाम बागमती राख्ने निर्णय गर्दै प्रदेशसभालाई निर्देशन दिएको थियो।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडलले नाम र राजधानीका विषयमा शीर्ष नेतृत्वबाट निर्देशन आउनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्