Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारबाट बहिरिएपछी उपेन्द्र यादवको लोकप्रियता बढ्यो “मुद्दामा मज्बुत”

सरकारबाट समाजवादी पार्टी बाहिरिएपछि अध्यक्ष उपेन्द्र यादवको लोकप्रियता बढेको छ । मुद्दाका अधारमा राजीनामा दिएकाले उनको “राजनीतिक कद” बढेको भन्दै लोकप्रियता बढेको हो ।

“उहाँले मुद्दामा असहमति जनाएर राजिनामा दिएका हुन्, कुनै भ्रष्टाचार गर्नमा कुरा नमिलेर होईन भन्दै उनका नेता कार्यकर्ता अहिले जोश देखिएका छन्” जनकपुरका पत्रकार सुरेश यादव भन्छन् -“उहाँको कार्यकताको कुनै विचल्न आएको छैन यादवको राजिनामाले झन उत्साहित देखिन्छन् ।”

संविधान संशोधनको सवालमा जसरी प्रधानमन्त्री केपि शर्मा ओलीले “स्टोप” भने त्यो उहाँको घमण्ड थियो यसको जवाफ् जनताले दिनेछन् अर्का पत्रकार बृजकुमार यादव भन्छन् प्रधानमन्त्री ओलीलाई यो कुरा भारी पर्नेछ ।

उता प्रदेश एकका बासिन्फा रहेका तर बिगत लामो समयदेखि काठमाडौं केन्द्रित पत्रकारिता गर्दै आएका पत्रकार वीरेन्द्र केएमले पनि सत्ताबाट बाहिरिएपछि उपेन्द्र यादवको लोकप्रियता बढेको बताउँछन् । “उपेन्द्र यादव प्रष्ट नेता हुन् उनी ल्याङ्ग्ल्याङ्गे नेता होइनन् तर सत्तामा बसेर उहाँले खासै उपलब्धि हासिल गर्न सक्नुभएन” पत्रकार केएम भन्छन् सत्ताले केहि नेता कार्यकर्तालाई फाइदा पुग्यो होला तर उहाँको राजिनामा पछि उहाँको राजनीतिक कद बढेको छ ।

अब उहाँ राजपासँग एकीकरण हुन्छ कि पार्टी संगठनलाई मज्बुती दिएर हुन्छ तर आन्दोलनबाटै उहाँले संशोधनको मुद्दालाई हासिल गर्नुपर्छ ।

यता सत्ताबाट बहिरगमनपछि उनको स्वागतमा जनकपुर, बिराटनगर, भैरहवा र नेपालगंजमा ठूलो संख्यामा उपस्थिति सहित आमसभा समेत गर्न लागिएको छ ।

समाजिक संजालमा केही ब्यक्तिहरुले उनको आलोचना गरिरहेको भएता पनि तराई/मधेशमा भने उनको लोकप्रियता बढेको देखिन्छ ।

प्रकाशित मिति: Dec 28, 2019

प्रतिक्रिया दिनुहोस्