Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बूढानीलकण्ठमा करीब ३ सय रोपनी क्षेत्रफलमा तामाङ सङ्ग्रहालय बन्ने

बूढानीलकण्ठ नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको आइतबारे उद्यान परिसरमा तामाङ सङ्ग्रहालय बन्ने भएको छ । नगरपालिकाको उच्च भागमा रहेको करीब तीन सय रोपनी क्षेत्रफलमा सङ्ग्रहालय बन्ने नगर प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए । “उक्त सङ्ग्रहालय नगरकै मुख्य आकर्षणका रुपमा रहने छ ”, प्रमुख खरेलले भने ।

रु बीस करोड लगानी रहने सङ्ग्रहालयमा तामाङ संस्कृति, रहनसहन र समुदायको जन्मेदेखि मृत्युसम्मका संस्कार झल्किने विषय रहने छन् । सङ्ग्रहालयमा नेपालबाट लोप भइसकेका वा हुन लागेका झोलुङ्गे पुल, पानीघट्ट, माछापोखरीलगायतका प्रतिकृति पनि राखिने बताइएको छ । प्रदेश नं ३ मा तामाङ समुदायको बाहुल्य छ ।

प्रदेशसभा सदस्य दीपक निरौलाले अबको दुई वर्षमा सङ्ग्रहालय निर्माण हुने बताए । “तामाङ सभ्यतासँग जोडिएको सङ्ग्रहालय निर्माण भएपछि पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणमा समेत ठूलो योगदान पुग्ने छ”, उनले भने ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्