Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० वर्षसम्म केहि नहुने विद्युतीय मोटरसाइकलको उत्पादन अब नेपालमै

काठमाडौं : नेपालमा नै विद्युतीय मोटरसाइल उत्पादन गर्ने भएको छ । उक्त मोटरसाइकलको आयु सरदर १० वर्षको हुने कम्पनीले जनाएको छ ।

‘यात्री मोटरसाइकल्स’ को पहिलो परियोजनाका रुपमा रहको ‘प्रोजेक्ट जीरो’ को लगभग सबै काम सकिएको र बिहीबार यसको औपचारिक घोषणा गरिने कम्पनीका प्रमुख अशिम पाण्डेले जानकारी दिए ।

यो विद्युतीय मोटरसाइकलमा अशिम पाण्डेले चेसिस र कनिष्क सुवालले इन्डस्ट्रियल डिजाइन गरेका हुन ।

त्यस्तै मेकानिकल इञ्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन गरेका छन् ।

सार्थक शर्माले एप्लिकेसन डेभलपर इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक, इञ्जिनियर कृष्ण श्रेष्ठले आर्किटेक्चर र बत्सल पाण्डेले बिजनेस डेभलपमेन्टको काम गरिरहेको प्रमुख पाण्डेले जानकारी दिए ।

सरकारले विदेशमा उत्पादन गरिएका विद्युतीय गाडी र मोटरसाइकललाई थोरै मात्र कर लिने भए पनि आफूहरुले विद्युतीय मोटरसाइकलका लागि आवश्यक पर्ने पार्ट्स ल्याउँदा भने ३० देखि ३५ प्रतिशतसम्म कर तिर्नुपरेको पाण्डेले बताए ।

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्