Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसभित्र १४औँ महाधिवेशन लक्षित शक्ति सङ्घर्ष तीव्र

नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो ।

संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ ।

महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने पक्षमा चर्को दबाब दिँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई बहिष्कार गरेको छ ।

गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: Dec 16, 2019

प्रतिक्रिया दिनुहोस्