Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३८ जना सवार चिलेको सैन्य विमान बेपत्ता

दक्षिण अमेरिकी देश चिलेको एक सैन्य विमान बेपत्ता भएको छ । अन्टारकटिकाका लागि उडेको चिलेको हवाई सुरक्षा बलको विमान बेपत्ता भएको बताइएको छ ।

चालक दलका सदस्यसहित ३८ जना सवार सो विमान बन्दोबस्तीका समाग्री र्पुयाउनका लागि अन्टारकटिका जाँदै थियो । किङ्ग जर्ज आइल्याण्डमा पुग्दासम्म विमानसँग सम्पर्क रहेको र त्यसपछि विमान बेपत्ता भएको सरकारी अधिकारीले बताएका छन् ।

उक्त विमानमा १७ जना चालक दलका सदस्य र २१ जना यात्रुसहित ३८ जना सवार रहेको चिलेको हवाई सैनिकले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । चिलेको हवाई सैनिकले बेपत्ता विमान तथा यात्रुको खोजी प्रयास गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्