Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूजील्याण्डमा ज्वालामुखी विस्फोट, सयौं मानिस फसेको आशंका

एजेन्सी : न्यूजील्याण्डमा एक ज्वालामुखी फुट्दा कम्तिमा सयौं मानिस फसेको आशंका गरिएको छ । ज्वालामुखी ह्वाइट आइल्याण्डमा विस्फोट भएको हो ।

न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले यो अवस्थाको जानकारी दिँदै कति मानिस यसमा परे भन्ने बारेमा जानकारी नभएको बताएकी छन् ।

स्थानीय मेयरका अनुसार यो विस्फोटमा कैयौं मानिस घाइते भएका छन् । ह्वाइट आइल्याण्ड न्यूजील्याण्डको उत्तरी क्षेत्रमा अवस्थित आइल्याण्ड हो जहाँ देशकै सक्रिय ज्वालामुखी रहेको छ ।

प्रकाशित मिति: Dec 9, 2019

प्रतिक्रिया दिनुहोस्