Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाल पुरुष बास्केटबलको सेमिफाइनलमा प्रवेश

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष बास्केटबल प्रतियोगिताको नेपाल सेमिफाइनलमा पुगेको छ । समूह ए को खेलमा माल्दिभ्सलाई ७६—६२ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपालको लागि असिम श्रेष्ठले सर्वाधिक १८ स्कोर गरेका हुन ।नेपालले अब सेमिफाइनलमा सोमबार भारतसंग खेल्नेछ ।खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज भएको हो ।

यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसांग ६७—६१ ले पराजित भएको थियो । समूह ए बाट बंगलादेश समूह विजेता र नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्