Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलालाई बलात्कार गरि जलाएर हत्या गर्ने ४ जना अभियुक्तहरु इन्काउण्टरमा मारिए

छिमेकी देश भारत स्थित हैदराबादमा केहि दिन अघि भएको सामुहिक बलात्कारका ४ जना अभियुक्तहरु प्रहरी इन्काउण्टरमा मारिएका छन् ।

गाडीबाट भाग्दै गरेकाले चारै जनामाथी गोली चलाउनु परेको प्रहरीले बताएको छ । हैदराबाद स्थित एक जना महिला डक्टरलाई ती चारै जनाले बलात्कार गरि जलाएर हत्या गरेको अभियोगमा उनिहरु प्रहरी हिरासतमा थिए ।

ABP न्युजका अनुसार उनीहरुलाई प्रहरीले उक्त डाक्टर महिलालाई बलात्कार गरि जलाएर हत्या गरेकै स्थानमा इन्काउण्टर गरिएको हो । स्थान पहिचान गराउन उक्त अभियुक्तहरुलाई त्यहाँ लगिएको थियो ।

बलात्कार काण्डमा समातिएका चार जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको थियो। तर बिहबार राति महिला चिकित्सक जलाइएकै स्थानमा लगेर उनीहरुलाई इन्काउन्टर गरिएको ABP न्युजले जनाएको  छ।

हैदराबाददेखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित चटनपल्ली गाउँमा बलात्कार एवं हत्यामा संलग्न अभियुक्तहरुलाई तेलङ्गना प्रहरीले गोली ठोकेको हो। आफुहरुमाथि नै आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ।

२८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीय महिला चिकित्सकको शव बरामद गरिएको थियो। अनुसन्धानका क्रममा ती महिलामाथि बलात्कार समेत भएको पत्ता लागेको थियो।

यो घटनापश्चात संदिग्धहरुलाई गिरफ्तार गरी १४ दिनसम्म न्यायिक हिरासतमा राखिएको थियो। न्यायिक हिरासतबाट बुझाएलगत्तै प्रहरीले चारै जनालाई इन्काउन्टरमा मारिदिएको हो।

प्रकाशित मिति: Dec 6, 2019

प्रतिक्रिया दिनुहोस्