Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर घटाउने प्रस्तावमा धरानका नवनिर्वाचित मेयरको पहिलो हस्ताक्षर 

पदभार ग्रहण गर्नासाथ बुधबार धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख तिलक राईले समग्र राजश्वका प्रणाली तथा करको दर र दायराको पुनरावलोकनका लागि पेश गरिएको निर्णयार्थ प्रस्तावमा पहिलो हस्ताक्षर गरेका छन् ।

पाँचौं नगरसभाले पारित गरी लागु गरेको आर्थिक ऐन २०७६ अनुसारको करको दररेटलाई पुनरवलोकन गरेर घटाउनका लागि पेश भएको प्रस्तावमा आफूले हस्ताक्षर गरेको प्रमुख राईले बताए ।

कर घटाउने उक्त प्रस्ताव अब बस्ने नगरसभामा लगिने छ । उपमहानगरपालिकाले लिने गरेको करप्रति व्यापक जनअसन्तुष्टी बढेको थियो ।

उनले भने, ‘कर निर्धारण प्रकृया र दररेट अध्ययन गरी आर्थिक बर्ष ०७६/०७७ को वित्तिय क्षेत्रको बजेटमा आउने गरी शुल्क पुनरावलोकन गर्न विषेशज्ञ सम्मिलित कार्यदल गठन गरिने तयारी भएको छ ।’

उनले आफूले सबैको सल्लाहमा काम गर्ने पनि बताए । ‘मेयर पद कुनै पार्टी विषेशका लागि नभएर धरानका जनताको साझा अभिभावक भएकाले विकास निर्माण र अधुरा योजना पूरा गर्न सबै राजनीतिक दलसँग कार्यगत एकता गरेर अगाडि बढ्ने छु,’ उनले भने ।

पदभार ग्रहण गर्नु अघि उनले धरान-१६ स्थित गणेशमान चोक पुगी गणेशमान सिंहको प्रतिमामा मार्ल्यारपण गरेका थिए । त्यसपछि धरान–१९ स्थित हरियाली सामुदायिक वनभित्र रहेको स्वर्गीय मेयर तारा सुव्वाको शालिकमा माल्याणपर्ण गरेका थिए ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्