Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस हप्ताको राशिफल (मङ्सिर १५ देखि मङ्सिर २१ गतेसम्म)

मेष
साता उन्नति र प्रगतिको वातावरणमा बित्न सक्नेछ। मनमा अशान्ति, कौतूहल र चिन्ता रहे तापनि काममा भने राम्रै देखिएको छ। स्वास्थ्यमा केही समस्या रहन सक्नेछ। घरपरिवारको सहयोग प्राप्त हुनेछ। खेलाडीहरूका लागि साता निकै राम्रो देखिएको छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। आर्थिक उन्नति, प्रगति निकै राम्रो देखिन्छ। साताको आइतबार, सोमबार वा मङ्गलबार नयाँ काम गर्नुभएको खण्डमा ग्रहले धेरै राम्रो सफलता दिनेछ।

वृष
मनमा उत्साह र उमङ्ग छाउनेछ। दाम्पत्य र पारिवारिक जीवनमा केही कष्ट रहन सक्नेछ। घरपरिवारको सहयोग प्राप्त होला। मनमा कौतूहल र चिन्ता रहन सक्नेछ। न्याय क्षेत्रबाट उचित न्याय पाउन सक्नुहुनेछ। कतै लगानी गर्नुभएको रकम ढिलो उठ्न सक्नेछ। छात्रछात्राहरूका लागि साता उत्कृष्ट रहेको छ।

मिथुन
मनमा उत्साह र उमङ्ग छाउनेछन्। घरपरिवारको सहयोग प्राप्त होला। दाम्पत्य र पारिवारिक जीवनमा केही कष्ट रहन सक्नेछ। कुलकुटुम्ब, इष्टमित्रबाट पाउने सहयोग भने भरपूर रूपमा प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा मान, सम्मान बढ्नेछ। कृषि क्षेत्रमा लाभ हुनेछ। खेलाडीहरूका लागि साता उत्कृष्ट रहेको छ।

कर्कट
आर्थिक उन्नति, प्रगतिको साता रहला। स्वास्थ्यमा केही समस्या रहन सक्नेछ। दाजुभाइ, दिदीबहिनी, घरपरिवारको सहयोग प्राप्त हुनेछ। नयाँ कार्यको थालनी हुनेछ। आयआर्जनका मार्गहरू प्रशस्त रूपमा बढ्नेछन्। देशविदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ।

सिंह
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। व्यापार, व्यवसायमा लाभ हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा पनि सामान्य लाभ हुने देखिन्छ। न्यायपालिकाबाट उचित न्यायको अपेक्षा गर्न सक्नुहुनेछ। देशविदेशको यात्राको योग बन्न सक्नेछ। खेलाडीहरूका लागि साता निकै राम्रो छ। छात्रछात्राहरूका लागि साता मध्यम छ।

कन्या
जागिरेहरूको साता केही तनावमा बित्ला। साहित्य, सङ्गीत र कलाका सर्जकहरूका लागि साता उत्कृष्ट रहेको छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। आर्थिक उपार्जन, उन्नति, प्रगति भने राम्रो देखिन्छ। खानपिनमा ध्यान पुऱ्याउनुपर्नेछ। अकस्मात् यात्राको योग बन्नेछ।

तुला
दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, सम्बृद्धि प्राप्त हुनेछ। घरपरिवार, दाजुभाइ, दिदीबहिनीबाट भरपूर सहयोग प्राप्त हुनेछ। गर्न खोजेको काममा भने केही बाधा आउन सक्नेछन्। न्याय क्षेत्रबाट उचित न्याय प्राप्त गर्न सकिने देखिन्छ। लेनदेनमा भने विचार पुऱ्याउनुपर्नेछ। नयाँ कार्यको थालनी हुन सक्नेछ। व्यापार, व्यवसायमा सफलताको योग रहेको छ।

वृश्चिक
मनमा उत्साह र उमङ्ग छाउनेछ। दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। घरपरिवार, कुलकुटुम्ब र इष्‍टमित्रबाट राम्रो सहयोग प्राप्त हुने देखिएको छ। आर्थिक उन्नति, प्रगतिको वातावरण राम्रो देखिन्छ। कृषि क्षेत्रमा लाभ हुनेछ। खेलाडीहरूका लागि साता उत्कृष्ट देखिन्छ। जागिरेहरूका लागि साता मध्यम छ।

धनु
पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्त होला। धार्मिक कार्यमा सरिक हुने साता छ। नयाँ कार्यको थालनीमा समस्याहरू आउन सक्नेछन्। देशविदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ। यो साता खर्च बढ्न सक्नेछ। छात्रछात्राहरूका लागि साता मध्यम रहेको छ।

मकर
आर्थिक उन्नति, प्रगतिको वातावरण बन्नेछ। व्यापार, व्यवसायमा लाभ हुनेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। दाजुभाइ, दिदीबहिनी र परिवारबाट भरपूर सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्र मध्यम रहेको छ।

कुम्भ
मनमा उत्साह र उमङ्ग छाउनेछ। न्याय क्षेत्रबाट उचित न्यायको अपेक्षा गर्न सकिनेछ। देशविदेशबाट खुसीको खबर सुन्न पाउनुहुनेछ। जागिरेहरूका लागि साता मध्यम रहेको छ। खेलाडीहरूका लागि साता उत्कृष्ट देखिन्छ। राजनीतिक र सामाजिक क्षेत्रमा भने त्यति राम्रो देखिँदैन।

मीन
दाम्पत्य एवं पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। घरपरिवारको सहयोग प्राप्त होला। आयआर्जनका मार्गहरू प्रशस्त बन्नेछन्। कुलकुटुम्ब, इष्टमित्रबीच भने केही अप्ठ्यारा पक्ष रहन सक्नेछन्। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। लेनदेनमा विचार पुऱ्याउनुपर्नेछ। काममा ग्रहले साथ दिने हुनाले नयाँ कार्यको थालनी गरेमा राम्रो हुनेछ। शिक्षा क्षेत्रमा राम्रो देखिएको छ।

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्