Logo
१५ बैशाख २०८१, शनिबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अल्बानियामा शक्तिशाली भूकम्प : ४ को मृत्यु, १५० घाइते

एजेन्सी : अल्बानियामा मङ्गलबार बिहान ६.४ म्याग्नीच्युडको भुकम्प गएको छ । भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । भूकम्पका कारण अरु १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथीबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन् । अर्का एक महिला र एक पुरुषको शव देशको राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो ।

घाइते भएकाहरुको भने विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य मन्त्री ओगेर्टा मानास्तेर्लिले जानकारी दिए ।

उनीहरुको राजधानी तिरान र अर्को डुर्रेसमा उपचार भइरहेको हो । घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । -एएफपी

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्