Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा स्वतन्त्र पत्रकार संघ सक्रिय, कुनैपनि पार्टीमा आवद्ध नहुने निर्णय

प्रदेश १ स्थित सुनसरी जिल्लाका विभिन्न संचार माध्यममा आवद रहेर कृियाशिल पत्रकारीता गरिरहेका संचारकर्मीहरुले स्वतन्त्र पत्रकार संघ गठन गरेका छन् ।

संचारकर्कीहरुले स्वतन्त्र पत्रकारीता गर्नुपर्ने अधारणा राख्दै जिल्लामा स्वतन्त्र पत्रकार संघ गठन गरेर आम जनताहरुलाई निष्पक्ष, सत्य तथ्य समाचार दिनुपर्ने कुरा ध्यानमा राखि स्वतन्त्र रूपमा पत्रकारीता गर्नुपर्ने स्वतन्त्र पत्रकार संघ सुनसरीको उद्देश्य रहेको छ।

पत्रकारहरु नै विभिन्न पार्टीमा आवद रहेर निष्पक्ष, सत्य तथ्यमा अधारित रहेर समाचार तथा सुचना दिननसक्ने आ–आपनो पार्टीमा राम्रो समाचार मात्रै लेख्नु पार्टीको दबाबमा अपराध, भ्रष्टाचार, अत्यचार जस्तो समाचार नलेख्नु एउटा असल पत्रकारको कर्तव्य होइन।

विपक्षी पार्टीलाई मात्रै टारगेट गरेर समाचार लेखि रहेने पार्टीको लागि त्यसकारण सत्य तथ्य निष्पक्ष समाचार तथा सुचना आम दर्शक माझ पुगदैन यो सब कुरा माथि स्वतन्त्र पत्रकार संघ सुनसरीका ध्यानाकर्षण भएको छ।

सुनसरीका कृियाशिल पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ सुनसरीले शुक्रबार इटहरीमा पहिलो बैठक सम्पन्न गरेको हो । बैठकमा तत्काल इटहरीमा कार्यालय स्थापना गर्ने, बैंक खाता सञ्चालनमा ल्याउने, सदस्यता बृद्धि लगायत अन्य आवश्यकीय बिषयहरूमा छलफल गरी निर्णय गरेको छ ।

इटहरीको बिराटनगर रोडस्थित पाथिभरा होटलको सभाहलमा अयोजित स्वतन्त्र पत्रकारहरूको भेलाले रिक्त रहेका पदहरू पनि पुरा गरेको छ जस अनुसार अध्यक्षमा खगेन्द्र कार्की, कोषाध्यक्षमा इनरूवाका कृियाशिल पत्रकार नसीम अन्सारी, सदस्यहरूमा दुहबिका राम प्रशाद आचार्य र सञ्ज्य चौधरीलाइ चयन गरिएको छ ।

त्यसैगरी भेलाले सुनसरी जिल्ला प्रसाशन कार्यालयमा अफ्नो संस्थालाइ सचिकृित गराउने र जिल्लाका १२ ओटै स्थानीयतहहरूमा पुगेर परिचयात्मक कार्यक्रमहरू गर्ने जस्ता निर्णग गरेको छ ।

भेलाले कुनैपनि राजनीतिकदलमा आवद्ध नभएका स्वन्तत्र रूपमा पत्रकारीता गर्दै आएका त्यस्ता पत्रकारहरूलाइ सक्दो समेटेर अघि बढने निर्णय समेत गरेको छ ।

संघका अध्यक्ष खगेन्द्र कार्कीको सभापतित्वमा सम्पन्न पहिलो बैठकमा केन्द्रिय कोषाध्यक्ष सालिग्राम पाण्डे, केन्द्रिय सदस्य मोहन ढकाल, प्रेम गिरी र १४ जना कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Nov 24, 2019

प्रतिक्रिया दिनुहोस्