Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसिया-कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने

मलेसिया-कतार सरकारद्वारा नेपालमा प्राविधिक शिक्षालय खोलिने भएको छ ।

कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी हुन कतार पुगेका शिक्षामन्त्री गिरिराजमणि पोखरेले कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा.मस्वेली बिन मालिकबीच नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ ।

त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा.मोहम्मद अब्दुल वाहेदबीचको भेटवार्तामा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिए ।

सोहि क्रममा कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिए ।

प्रकाशित मिति: Nov 22, 2019

प्रतिक्रिया दिनुहोस्