Logo
१५ बैशाख २०८१, शनिबार
(November 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रोपटक सांसद, पहिलोपटक मन्त्री बने पार्वत गुरुङ्

नवनियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थममाया थापामगरलाई हटाएर महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङलाई नियुक्त गरेका थिए । बिहीबार राष्ट्रपतिबाट शपथग्रहण गरेपछि मन्त्रालय पुगेर उनले कार्यभार सम्हाले ।

नवनियुक्त मन्त्री गुरुङलाई शुभकामना दिन निवर्तमान मन्त्री थममाया थापा मन्त्रालयमा पुगेकी थिइन् । गुरुङलाई ऊर्जाशील व्यक्ति भन्दै थममायाले भनिन्, ‘हामीले सुरु गरेको कामलाई अगाडि बढाउन युवा, ऊर्जाशील व्यक्ति आउनुभएको छ, उहाँलाई शुभकामना ।’

दोस्रोपटक सांसद भएका गुरुङ पहिलोपटक मन्त्री बनेका हुन् । उनी ०७० सालको संविधानसभा निर्वाचनमा दोलखा १ बाट निर्वा्िचत भएका थिए । तत्कालीन एमाले र हाल नेकपाको केन्द्रीय सदस्य समेत रहेका उनी पार्टी्िभत्र सधैं केपी ओलीको पक्षमा उभिएका नेता हुन् ।
५१ वर्षीय ०५४ सालको स्थानीय चुनावसम्म जिल्लास्तरीय कार्यकर्ता थिए ।

उनी ०५४ मा जिल्ला विकास समितिको सदस्य भए पनि जिल्ला राजनीतिमा स्थापित भए । राजनीतिसँगै गुरुङ जटिबुटी र कृषि उद्यममा पनि संलग्न थिए । पार्टीमा गाउँ कमिटी प्रमुखदेखि दोलखा जिल्ला कमिटी अध्यक्षसम्म भएका गुरुङ तत्कालीन एमालेको नवौं महाधिवेशनपछि केन्द्रीय सदस्य निर्वा्िचत भए ।

एमालेको गढ मानिने दोलखामा आफूभन्दा धेरै सिनियर नेताहरुलाई पछि पारेर गुरुङ केन्द्रीय राजनीतिमा स्थापित भए । पार्वतलाई मन्त्री बनाउन ओलीमाथि अघिल्लै कार्यकालमा दबाब थियो । त्यसबेला उनले दोलखाकै अर्का नेता आनन्द पोखरेललाई छाने । यसपटक पार्वतलाई मन्त्री बनाउन पोखरेल आफैं बालुवाटारमा लबिङ गर्न पुगेका थिए ।

पार्वतको रुचि र अपेक्षा अनुरुप मन्त्रालय नपाएको टिप्पणी पनि भएको छ । अर्को पुनर्गठनमा गुरुङको मन्त्रालय हेरफेर हुन सक्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Nov 21, 2019

प्रतिक्रिया दिनुहोस्