Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्नगठनपछि यस्तो बन्यो ओली सरकारको मन्त्रीमण्डल (सूचीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । पुर्नगठनपछि नयाँ मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयले बुधबार साँझ सार्वजनिक गरेको छ ।

सूची अनुसार संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण बिष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, उद्दोग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणी खनाल, कृषिराज्यमन्त्री रामकुमारी चौधरी हटाइएका छन् । महासेठ, बिष्ट, थापा र पण्डित पूर्व एमालेबाट मन्त्री बनेका हुन् । यादव, खनाल र चौधरी पूर्व माओवादी कोटाका हुन् ।

यसैगरी उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि प्रधानमन्त्री ओलीले दबाब सृजना गरेका छन् । उनलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पठाइएको छ । भारत भ्रमणमा रहेका यादवले यसको जानकारी पाएलगत्तै निकटस्थसँग असन्तुष्टि जनाइएको बुझिएको छ ।

ओली मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरुले सपथ खाँदैछन् । जसमध्ये घनश्याम भुषाल पहिलोपटक मन्त्री बनेका छन् । भुषाल विचारक हुन् । वसन्त नेम्वाङ पहिलोपटक मन्त्री बनेका छन् । पूर्व माओवादीबाट लेखराज भट्टको प्रवेश भएको छ ।

सूर्य चिन्ह लिएर चुनाव लडेका मधेश केन्द्रित नेताहरु हृदयश त्रिपाठी र रामेश्वर राय यादव पनि मन्त्री बनेका छन् । त्रिपाठीलाई वरियतामा पाचौं नम्बरमा राखिएको छ । त्रिपाठीलाई सामान्य र यादवलाई श्रम मन्त्री बनाइएको छ ।

मन्त्रीबाट नहटेको र जिम्मेवारी हेरफेर नभएकामा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सञ्चारमन्त्री गोकुल बास्कोटा, वनमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा. युवराज खतिवडा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार, भूमी व्यवस्थामन्त्री पद्यमाकुमारी अर्याल र खानेपानीमन्त्री बीना मगर छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण 
नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण अहिले ११ बने गराइने भएको छ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम तयारी पुरा भएको जनाइएको छ । बुधबार ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल भएका छन् ।

नयाँ मन्त्रीका रूपमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्त नेम्बाङ र पार्वत गुरुङ छन्।

मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री र रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री बनाइएको छ।

प्रकाशित मिति: Nov 21, 2019

प्रतिक्रिया दिनुहोस्