Logo
१५ बैशाख २०८१, शनिबार
(November 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस कारण बंगलादेशकी प्रधानमन्त्रीले गरिन् प्याज नखाने घोषणा

प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन् ।

प्रधानमन्त्री शेख हसिना वाजेदको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्वृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले यस्तो समाचार सार्वजनिक गरेका हुन् ।

भारतले निर्यात प्रतिवन्ध लगाएपछि बंगलादेशमा अहिले म्यानमारलगायतका देशबाट प्याजको आयात भइरहेको छ ।

एफपीले जनाएअनुसार आफ्नो देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा जनताला पनि निरुत्साहित गर्ने उनको सोच छ ।

बंगलादेशमा केही समयअघि ३० टका प्रतिकिलो रहेको प्याजको भाउ बढेर सोमबार २ सय ६० टका पुगेको छ ।

हसिना सरकारको अस्थिर अर्थनीतिका कारण तरकरीको भाउ आकासिएको भन्दै विपक्षी दलले आन्दोलनको घोषणा नै गरेको छ ।

प्रकाशित मिति: Nov 18, 2019

प्रतिक्रिया दिनुहोस्