Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकामा नयाँ राष्ट्रपति : सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई दिए बधाई

पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति भएका छन् ।

शनिबार राष्ट्रपति चयनका लागि भएको चुनावमा राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई ५४ प्रतिशत बढी मतले हराउँदै उनी राष्ट्रपति चुनिएका हुन् ।

सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिएका छन् । सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ ।

यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार राजापाक्षेलाई चुनेका हुन् । गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए ।

उनले तमिल विद्रोही समूह लिट्टेलाई छिन्नभिन्न बनाएका थिए । सिंहाली बाहुल्य रहेको क्षेत्रमा ६० प्रतिशतभन्दा बढी मत पाएका राजापाक्षेले सोमबारसम्म सपथ लिने बताइएको छ ।

प्रकाशित मिति: Nov 17, 2019

प्रतिक्रिया दिनुहोस्