Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा अध्यक्ष यादवको उद्धघोष : ‘भारतसँग लड्छौं, नेपालको एक ईन्चपनि भूमी छोड्दैनौं’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवले लिपुलेक, कालापानी नेपालकै भू-भाग भएकोले सरकारले फिर्ता गर्नको लागि पहलकदमी लिनुपर्ने बताएका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य तथा सांसद समेत रहेका यादवले नेपालबाट विभिन्न समयमा भारत भ्रमण भएको सुनाउँदै तीन भ्रमणमा पनि सीमा विवाद समाधान हुन नसकेको उनले टिप्पणी गरे ।

उनले प्राविधिक टोली, राजनीतिक र कुटनीतिक तीनै च्यानलमार्फत विवाद समाधानको लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिए । परराष्ट्रसचिवको नेतृत्वमा बनेको दुई कमिटीले पनि विवाद समाधान गर्न नसकेको बताउँदै अब सरकारले यसको लागि ठोस कदम चाल्नुपर्ने उनको भनाई छ ।

यादवले भनेका छन्,‘नेपालको ईतिहासमा हिजो बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको छ । अहिले मुलुकमा बलियो सरका छ । सरकारलाई हिजोको सहमतिले ठूलो शक्ति प्रदान गरेको छ ।’

विगत ७० वर्ष लामो समयदेखि सीमा विवादको समस्या रहेको सुनाउँदै अब वार्ता तथा कुटनीतिक माध्यमबाट यसको दिर्घकालिन रुपमा हल गरिनुपर्ने यादवको सुझाव छ ।

‘नेपालको एक ईन्चपनि भूमी हामी छोड्दैनौं’–यादवले भने,‘देशको भूमी रक्षाको लागि हामी एक ठाउँमा उभिएका छौं । यो सरकारले गम्भिरताका साथ आफ्नो कदम चाल्नुपर्छ ।’

पूर्वमन्त्रीसमेत रहेका यादवले अहिले विवाद समाधानको लागि राम्रो वातावरण बनेको पनि सुनाए । उनले भने,‘यो सरकारलाई अवसर र चूनौति दुवै छ । यत्रो सहमति र समर्थन हुँदाहुँदैपनि सरकारले केही गर्न सकेन भनेर कुरा हुन्छ । राजपाले पनि समर्थन जनाएको छ ।’

यो सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको छ । आन्दोलनले प्रतिकुलता सिर्जना गर्छ । बरु, वार्ताबाट समाधान गर्नुपर्छ ।’ नेपालसँग नक्शा र ऐतिहासिक तथ्य तथा प्रमाणहरु रहेकोले सम्पूर्ण भूभाग फिर्ता गर्नुपर्ने उनको भनाई छ ।

यादवले सडक संघर्ष वा आन्दोलनबाट सीमा विवादको समस्या हल नहुने जिकिर गरे । उनले भने,‘आन्दोलन वा संघर्षले राम्रो वातावरण बनाउँदैन् । नेपाल र भारतबीचको सम्बन्ध राम्रो बनाउनुपर्छ ।

प्रकाशित मिति: Nov 12, 2019

प्रतिक्रिया दिनुहोस्