Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रातो पासपोर्ट पाए लगतै बुधबार अमेरिका उड्दै मुख्यमन्त्री मोहमद लालबाबु राउत

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले कुटनीतिक राहदानी (रातो पासपोर्ट) प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालयबाट सहमति पाएपछि मुख्यमन्त्री राउतले कात्तिक १९ गते कूटनीतिक राहदानी पाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत पदमप्रसाद पोखरेलले २०८० भदौ १८ गतेसम्मको लागि कुटनीतिक राहदानी प्राप्त भएको बताए तर कूटनीतिक राहदानी पाउन निकै समस्या भोग्नुपरेको मुख्यमन्त्री राउतले सार्वजनिक कार्यक्रममै गुनासो व्यक्त गरेका छन् ।

कात्तिक २३ गते जनकपुरधाममा आयोजित नेपाल साहित्य महोत्समा उनले भने, ‘मैले कूटनीतिक राहदानी प्राप्त त गरें तर अपमानित भएर राहदानी प्राप्त गरें । कूटनीतिक राहादानी लिन पुगेका मन्त्रालयका अधिकृतलाई १० दिनसम्म अपमानित गरेर मात्र राहदानी दिइयो ।’

मुख्यमन्त्री राउतले भने : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राहदानीका लागि मेरो मन्त्रालयका अधिकृत पुगेका थिए तर राहदानी दिन आनाकानी गरिएको थियो । त्यसपछि मैले आफैं प्रधानमन्त्री ओलीज्यूसँग फोनमा कुरा गरें ।

प्रधानमन्त्रीज्यूले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई राहदानी दिन निर्देशन समेत दिनुभयो तर परराष्ट्र मन्त्रालयका कर्मचारीले अनावश्यक रुपमा अल्झाउने काम गरे । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई दुई पटक अमेरिका गइसक्नुभयो । अहिले पनि कुनै न कुनै मुख्यमन्त्री अमेरिकामा होलान् तर प्रदेश नम्बर २ को मुख्यमन्त्रीलाई मात्र अमेरिका जान दिइएको छैन ।

प्रदेश २ को मुख्यमन्त्री जनकपुरबाट बाहिर निस्कियो कि के-के न भइहाल्छ जस्तो लागेको छ । प्रधानमन्त्रीज्यूको निर्देशन हुँदा पनि कर्मचारीहरूले अनावश्यक रुपमा अवरोध खडा गर्ने मानसिकता देखिएको छ ।

प्रकाशित मिति: Nov 11, 2019

प्रतिक्रिया दिनुहोस्