Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय नक्साबारेको जवाफ नेपाल सरकारले दिनुपर्छ : राजपा नेता झा

राष्ट्रिय जनता पार्टी(राजपा) का एक जना अध्यक्ष अनिलकुमार झाले भारतको नयाँ नक्साका बारेमा सरकारले नै सम्बोधन गर्नुपर्ने बताएका छन् ।

संवाददताहरुसंगको कुराकानीमा उनले भने,‘‘यसमा भाषणबाजी गर्ने कुरा छैन । यस्तै समस्या समाधानका लागि सरकार बनाइएको हो । मन्त्रीहरुलाई तलब, भत्ता, गाडी र आवासको व्यवस्था गरिएको हो । त्यसैले सरकारले यस विषयमा कुरा राख्नु जरुरी रहेको छ । ’’

उनले भने,‘‘के कसरी समस्याको समाधान गर्ने हो त्यो सरकारले जान्नु पर्छ । आफ्नो देशको रक्षा गर्ने बारेमा सरकारले जान्ने कुरा हो । ’’

प्रकाशित मिति: Nov 8, 2019

प्रतिक्रिया दिनुहोस्