Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिर १४ उपनिर्वाचन : कास्की-२ मा २२ उम्मेदवार, ११ स्वतन्त्र (नामावलीसहित)

पोखरा : मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फको एकमात्र सिट कास्की-२ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिने २२ मध्ये ५० प्रतिशत अर्थात् ११ जना स्वतन्त्र उम्मेदवार छन् ।

दलगत रुपमा सो निर्वाचन क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीबाट धर्मराज गुरुङले उम्मेदवारी दिएका छन् ।

कास्की-२ मा उमनाथ गौतम, कमलजंग कुँवर, जमुना शर्मा, दिपक रेग्मी, नवराज बास्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला र सुनिल भुसालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, नेपाली कांग्रेस (बीपी) बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिस्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, साझा पार्टीबाट रजनी केसी, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्लले उम्मेदवारी दिएका छन् ।

संघीय लोकतान्त्रिक मञ्चबाट गजेन्द्र संवो लिम्बु, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीबाट जयवन्त विक्रम शाहले पनि उम्मेदवारी दिएका भए पनि उनीहरुको नाम समानुपातिकको बन्दसूचीमा रहेकाले कम्प्युटर सिस्टममा प्रविष्ट नभएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सिटका लागि उम्मेदवार मनोनयनपत्र दर्ताका लागि बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो ।

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्