Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालङ्गा सुरुङभित्र ४ मजदुर थुनिए, उद्दारका लागि सेनाको हेलिकप्टर घटनास्थलमा

बझाङ : बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् ।

दैलेखको गुराँस गाउँपालिका-३ का महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका-६ का महेन्द्र साउँद र बझाङको बुङ्गल नगरपालिका-१ का शेरसिंह धामी सुरुङभित्र थुनिएको प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।

सुरुङभित्र रहेका मजदुरको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टरमा गएको नेपाली सेनाको टोली घटनास्थल पुगेको छ । पाँच वर्षदेखि निर्माणाधिन ६५ मेगावाट क्षमताको कालङ्गा आयोजनाको हाल सुरुङ खन्ने काम भइरहेको छ

आठ सय मिटर लामो सुरुङ भएकाले अक्सिजनको मात्रा कम भएका कारण चारैजना बेहोस भएको हुनसक्ने बताए। उनीहरूसँगै सुरुङभित्र गएका अन्य दुई मजदुर भने बाहिर निस्किन सफल भएको उनले बताए। ’चार जनाको अवस्था अज्ञात छ’, प्रहरी नायब उपरीक्षक बमले भने ।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्