Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भालु मारेर लिंग खाने तस्कर प्रहरी थुनामा

भारतमा बाघ तथा भालुको चोरी शिकार गर्ने एक व्यक्ति पक्राउमा परेकोे छ । भारतीय प्रहरीले बाघको चोरी-शिकारमा संलग्न रहेका ती व्यक्तिलाई हिरासतमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार यार्लेन नाम गरेका ती व्यक्ति भालु मारेर त्यसको लिंग खाने गरेको बताइएको छ । राष्ट्रिय निकुञ्जका अधिकारीले मारिएको भालुको लिंग नभएको पाएपछि ती व्यक्तिले लिंग खाने गरेको खुलेको बताइएको छ ।

पार्धी-बेहेलिया समुदायमा जनावरको लिंग खाँदा यौन शक्ति बढ्ने विश्वास गरिन्छ । पक्राउ परेका यार्लेनले भारतको मध्य क्षेत्रमा बाघ बढी पाइने बाघको पनि चोरी शिकार गर्ने गरेका थिए ।

ती व्यक्ति फरार रहँदै आएका थिए । पार्धी-बेहेलिया आदिबासी समुदायका यार्लेनलाई प्रहरीले गुजरातबाट गएको शनिबार नै पक्राउ गरेको जनाइएको छ । उनले पक्राउ पर्नबाट जोगिनका लागि विभिन्न पहिचान प्रयोग गर्ने गरेका थिए ।

शनिबार पक्राउमा परेका यार्लेन तथा उनका वकिलले अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन् । उनलाई बुधबार अदालत पेश गरि अहिले पनि थुनामै राखिएको छ ।

प्रकाशित मिति: Oct 24, 2019

प्रतिक्रिया दिनुहोस्