Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफैले पढेको विद्यालयको भौतिक पूर्वाधार निर्माणमा जुट्दै कुलमान

रामेछाप : सरकारले नमूना विद्यालय घाेषणा गरेकाे रामेछापको सुनापती गाउँपालिका-४ बेथानस्थित कुशेश्वर माविलाई नमूना विद्यालय बनाउन भूतपूर्व विद्यार्थीले सक्रियता देखाएका छन्

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले समेत अध्ययन गरेको विद्यालयमा पूर्व विद्यार्थीहरुले नमूना विद्यालय बनाउन भन्दै भूतपूर्व विद्यार्थी समाज गठन गर्न लागेका हुन् ।

विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारलगायतका सामाजिक काम गर्ने उद्देश्यसहित पूर्व विद्यार्थी समाज गठन गरिन लागेको हो ।
भोलि बुधबार भक्तपुरको सानोठिमी क्याम्पसमा पूर्व विद्यार्थीहको भेला भइ समाज गठन हुनेछ ।

२०१४ सालमा स्थापना भएको कुशेश्वर माविबाट हालसम्म करिब १८ सय विद्यार्थी अध्ययन गरिसकेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सांसद, बैंकर्स, डाक्टर, इन्जिनियर, पत्रकार, उद्योग व्यवसायी, राष्ट्रसेवक कर्मचारी, राजनीतिज्ञसम्म बनेका छन् ।

‘पूर्व विद्यार्थीको सीप र क्षमता विद्यालयको विकासका लागि समाज गठन गर्न लागेका हौं’, विद्यालयका प्रअ बलदेव धामीले भने ‘पूर्व विद्यार्थीको सुझाव लिएर विद्यालयको शैक्षिक र भौतिक विकासको लागि गुरु योजना निर्माण गछौं ।’

तत्कालिन शिक्षामन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री हुँदा विं स. २०१४ साल असार ३ गते विद्यालयको स्थापना भएको थियो ।

उज्यालो नेपालका अभियन्ता समेत रहेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, पूर्व सभासद शिवबहादुर खड्का कुशेश्वर माविका पूर्व विद्यार्थी हुन् ।

प्रकाशित मिति: Oct 22, 2019

प्रतिक्रिया दिनुहोस्