Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिवम् सिमेन्टकोे तिहार अफर, उपभोक्ताहरुलाई चाँदी उपहार

काठमाडौं :  गुणस्तरीय सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई एउटा नयाँ अफर ल्याएको छ । कम्पनीले दीपावलीको शुभकामना व्यक्त गर्दै ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक विक्री योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्ता मुखी स्कीम शुरु गरेको छ । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको छ ।

सिमेन्ट जगतमा विगतलामो समयदेखि ओपिसि सिमेन्ट उत्पादन गर्दै, निमार्ण क्षेत्रमा लोकप्रियता हासिल गर्न सफल भएको छ ।

शिवम् सिमेन्टले चाड पर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्पmत थप उत्साह प्रदान गर्दै आइरहेको छ । सोहि अनुरुप, कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का र चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो ।

दिपावलीको शुभकामना सँगै यो तिहार सबैका लागि विशेष तिहार होस् भनी सम्पूर्ण ग्राहक वर्गमा खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्