Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैठकस्थलमै घेरा हालेर पक्राउ गरिएका विप्लवका दाजुसहित २१ जनाको नामावली सार्वजनिक

दाङ :  प्रहरीले प्रतिबन्धित विप्लव नेतृत्वको (नेकपा) राप्ती ब्यूरोको बैठकस्थलबाट पक्राउ गरेको २१ व्यक्तिहरुको नामावली सार्वजनिक गरेको छ ।

मध्यरातमा दाङको राजपुर गाउँपालिका -४ को मुग्रेटाखोला नजिकै विप्लव समूहको बैठक भइरहेको सूचना पाएपछि बैठकस्थल घेरा हालेर प्रहरीद्वारा पक्राउमा परिएका नेताहरुको नामावली सार्वजनिक गरिएको हो ।

बैठकस्थलमा घेरा हालेर प्रहरीले विप्लवका दाजुसहित २१ जना नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् । केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो इञ्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द विप्लवका दाजु हुन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको छ । प्रहरीले औपचारिक रुपमा घटनाबारे जानकारी दिएको छैन ।

पक्राउ पर्नेको पूरा विवरण

१) चन्द्रबहादुर चन्द (वीरजङ्ग) – केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो इञ्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इञ्चार्ज
२) केशवबहादुर बाँठा मगर (सुवास) – राप्ती ब्यूरो इञ्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्यूरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल – राप्ती ब्यूरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) – जिल्ला इञ्चार्ज
६) प्रदीप वली – जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल – बुद्धिजीवी
९) एकराज चौधरी – एरिया नम्बर ४ इञ्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ इञ्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी
११) तिलक पुन – पूर्व जनमुक्ति सेना
१२) सुरज विक – दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका – पार्टी सदस्य
१४) पोष्टमान घर्ती – रोल्पा जिल्ला सदस्य
१५) दलबहादुर खत्री
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) बिष्णु थापा
२१) कुलबहादुर ओली

प्रकाशित मिति: Oct 17, 2019

प्रतिक्रिया दिनुहोस्