Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवका दाइसहित २१ जना कार्यकर्ता दाङबाट पक्राउ

काठमाडौं :  सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । प्रहरीले विप्लव समूहको राप्ती ब्यूरो बैठक स्थलमा घेरा हालेर २१ जना नेतालाई पक्राउ गरेको हो ।

विप्लव समूहका मध्यपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जना दाङको राजापुर क्षेत्रबाट पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।

मध्यराती १ बजे पक्राउ परेका उनीहरुसँग विस्फोट सामग्री र हतियार पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्लाको सदरमुकाम ल्याइदैँछ ।

यस्तै, राप्ती ब्यूरो इन्चार्ज केश बहादुर बाठा ‘सुवास’ समेत पक्राउ परेका छन् । पक्राउ परेका सबै राप्ती ब्यूरोका सदस्यहरु रहेको बताइएको छ ।

उनीहरुसँग कति हतियार र विस्फोटक पदार्थ थियो भन्ने अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने प्रहरीको भनाइ छ । प्रहरीले विप्लवका दाइसहित २१ जनालाई दाङको राजापुर गाउँपालिका ४ मुङ्रेटाखोलाबाट बुधबार राति पक्राउ गरिएको हो ।

प्रकाशित मिति: Oct 17, 2019

प्रतिक्रिया दिनुहोस्