Logo
२१ बैशाख २०८१, शुक्रबार
(September 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकिकरणका लागि उपेन्द्र यादवको प्रस्तावः ‘ठाकुरलाई मनार्थ अध्यक्ष र महतोलाई वरिष्ठ नेता’

काठमाडौँ : लामो समयदेखि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकताका लागि जारी अनौपचारिक वार्ताको शृङ्खलामा अर्को मोड आएको छ ।

एकिकरणका लागि सपा अध्यक्ष उपेन्द्र यादवले राजपा अध्यक्ष महन्थ ठाकुरलाई मनार्थ अध्यक्ष र अर्को अध्यक्ष राजेन्द्र महतोलाई वरिष्ठ नेताको जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका छन् । यादवले गरेको यो प्रस्तावबाट राजपा नेपालमा भने खैलाबैला मच्चिएको छ ।

भदौ १२ गते समाजवादी पार्टीको पार्टी कार्यालयमा भएको औपचारिक वार्तामा उपेन्द्र यादवले गरेको लिखित प्रस्तावका कुराहरु अहिले सार्वजनिक भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार महन्थ ठाकुरलाई मनार्थ अध्यक्ष र डा. बाबुराम भट्टराई वरियाताक्रमको पहिलो नम्बरका अध्यक्ष तथा उपेन्द्र यादव दोस्रो वरियाताक्रमको अध्यक्ष रहने गरी समाजवादी पार्टीबाट प्रस्ताव गरिएको छ ।

त्यस्तै, राजेन्द्र महतोलाई अशोक राईपछिको वरिष्ठ नेता दिएको छ । महतोलाई वरिष्ठ नेताको साथै पार्टीका सम्पूर्ण समिति तथा विभागलाई हेर्ने इन्चार्जको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । त्यसैगरी राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र शरतसिंह भण्डारीलाई सचिवालय सदस्य दिने प्रस्ताव गरिएको ती नेताको दावी छ । त्यति मात्र होइन, पार्टीको नाम समाजवादी पार्टी नै राख्ने, समाजवादी पार्टीकै झण्डा र चुनाव चिन्ह राख्ने प्रस्ताव गरिएको स्रोतको दावी छ ।

दुई पार्टी एक भएपछि त्यसमा चारजना अध्यक्ष रहने जसमा पहिलो वरियताक्रममा महन्थ ठाकुर, दोस्रो वरियाताक्रममा डा. बाबुराम भट्टराई, तेस्रो वरियाताक्रममा उपेन्द्र यादव र चौथो वरियाताक्रममा राजेन्द्र महतो रहने चर्चा चलिरहेको थियो । यिनै कुराहरु सञ्चारमाध्यममा लगातार प्रेषित भइरहेको थियो ।

पार्टीको नाम समुन्नत समाजवाद र कार्यकारी अधिकारसहित राष्ट्रपति शासन प्रणाली, निर्वाचन प्रणालीमा पूर्ण समानुपातिक प्रणाली हुनुपर्ने लिखित प्रस्ताव समाजवादी पार्टीबाट गरिएको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका व्यक्ति भएका हुनाले उनलाई वरियाताक्रमको एक नम्बरमा राख्नुपर्ने, उनको पदलाई सम्मान गर्नुपर्ने तर्क समाजवादीका अध्यक्ष उपेन्द्र यादवको थियो ।

यद्यपि यो प्रस्ताव छलफलका लागि गरिएको हो । यो नै अन्तिम होइन । यो प्रस्तावमाथि छलफल गरेपछि तलमाथि हुन सकिन्छ । यसमा छलफल गरेर मात्र अन्तिम टुङ्गो लगाउन सकिन्छ भन्दै अध्यक्ष यादवले प्रस्ताव गरेको स्रोतका दावी छ ।

त्यसपछि राजपाका नेपालका तर्फबाट वार्ता समितिका संयोजक रहेका राजेन्द्र महतोले यसको बारेमा पार्टीमा छलफल गरेर जानकारी गराउने जवाफ दिएका थिए । हिजो बसेको राजपाको अध्यक्षमण्डलको बैठकमा समाजवादी पार्टीबाट आएको सो प्रस्ताव प्रस्तुत भएपनि त्यसमा छलफल शुरु नभएको बताइएको छ ।

यद्यपि, प्रस्तावबारेमा दुवै पार्टीका नेतामध्ये कसैले स्वीकार गरेका छैनन् । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले समाजवादी पार्टीबाट कुनै प्रस्ताव नआएको बताए । दुई पार्टीबीच एकीकरणको विषयमा छलफल भएपनि कुनै प्रकारको प्रस्ताव नआएको उनले दावी गरे ।

समाजवादी पार्टीको तर्फबाट गठन भएको वार्ता समितिको सदस्यसमेत रहेका रामसहाय यादवले पनि त्यस्तो कुनै छलफल नभएको बताए । उनले त आफू वार्तामै नरहेको पनि दावी गरे । दुई दलहरुको बीचमा अनौपचारिक छलफल भएपनि समाजवादी पार्टीले लिखित रुपमै त्यस्तो कुनै प्रस्ताव नगरेको उनले दावी गरे ।

यता, राजापाका नेताहरुले भने माथि भनिए अनुसार नै यदवले प्रस्ताव गरेका हुन् भने एकता नै नहुने बताएका छन् । ‘के हाम्रो कुने अस्तिव्त छैन हामि उपेन्द्रजीलाई नेता मानेर उनको अण्डर बस्नुपर्ने ?, हामिलाई के कुकरले टोकेका छन् ? हामि उनकै पार्टीमा विलाय हुनुपर्ने ? यो एकता नै हुनेछैन ।’ अध्यक्ष मण्डलका एक नेताले भने यो सबव उपेन्द्र यादवको चाल हो खासमा उनको घमण्ड अझैपनि समाप्त भएको छैन । अर्को चुनावमा राजपाले उनलाई धुल चटाउनेछन् ।

प्रकाशित मिति: Sep 1, 2019

प्रतिक्रिया दिनुहोस्