Logo
१५ बैशाख २०८१, शनिबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा कारको ठक्करबाट एक नेपालीको मृत्यु

अमेरिकाको केन्टकी राज्यको लेक्जिङ्टनमा सडक दुर्घटनामा भएको छ । उक्त घटनामा एकजना नेपालीले ज्यान गुमाएका छन् ।

महोत्तरीको बर्दिबास घर भई हाल अमेरिका बस्दै आएका ५८ वर्षीय विष्णुप्रसाद सापकोटाको सडक दुर्घटनामा मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

हिजो विहान मर्निङ वाकमा रहेका सापकोटालाई बाटो क्रस गर्ने क्रममा कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट सापकोटाको मृत्यु भएको स्थानीय एनआरएन अभियन्ता पुरूषोत्तम बोहोराले जानकारी दिए।

सापकोटाको निधन भएको खबरले उनकी श्रीमती विमला सापकोटा मुर्छा परेकी थिइन् ्। उनलाई अस्पताल भर्ना गरिएको छ ।

मृतक सापकोटाको पार्थिव शरीर स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । उनका छोरी–ज्वाइँको सल्लाहअनुसार मृतकको अन्त्येष्टीका बारेमा निर्णय गरिने बोहोराले बताए ।

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्