Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागूऔषध र गुट्खा जफत सहित भारत मधुवनीका जागिर हुसेन पक्राउ

प्रदेश २ स्थित सिरहा जिल्लाको नवराजपुर गाँउपालिका ४ जगतपुरबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पंचायत नलमनिया घर बताउने ४५ बर्षिय जागिर हुसेन छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोलीले उनलाई डाईजिनाम एम्पुल ३ वटा, नोफिन एम्पुल ३ वटा र प्रोनेफाजिना ३ वटासहित पक्राउ गरेको हो ।

गोरुगाडामा पराल लोड गरी भारतबाट नेपालतर्फ आउँदै गरेका हुसेनले परालभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताएका छन् ।

पक्राउ परेका हुसेनलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

एपीएफ टोलीद्वारा गुटखा बरामद

यसैगरी सोही प्रदेशको सर्लाही जिल्ला कविलासी नगरपालिका ८ अर्गवाबाट असोज ३ गते एपीएफ टोलीले ५० बोरा गुटखा जफत गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले उक्त गुटखा जफत गरेको हो ।

नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना. २ च ५९७८ नम्बरको पिकअप गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त गुट्का बरामद गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त गाडी समेत जफत गरेको छ ।

 

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्