Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको नाइट क्लबमा गोली चल्दा २ जनाको मृत्यु, दर्जनौं घाइते

सांकेतिक तस्बिर

वासिङ्टन :  अमेरिकी राज्य साउथ क्यारोलिनामा गएराति गोली चलेको छ । उक्त घटनामा कम्तीमा २ जनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार रातको २ बजेर ४५ मिनेटको समयमा साउथ क्यारोलिनाको लानकास्टरस्थित हाइवे-५२१ सडक नजिकै रहेको वर्ल्ड स्कुल स्पोर्ट्स बार र ग्रिल अन वर्ल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको अमेरिकी अधिकारीले बताएका छन् । गोली क्लबभित्र र क्लब परिसर बाहिरसमेत चलेको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका अन्य ९ जना मध्ये गम्भीर घाइते रहेका ४ जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ ।

घटनामा संलग्न कसैलाई तत्काल पक्राउ भने नगरिएको बताइएको छ ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्