Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब अलग मधेश ‘देश’ बन्ने महन्थ ठाकुरको चेतावनी

राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह पनि गरे ।

‘मधेशी, थारु, आदिवासी जनजातिका अधिकार खोसिएका छन् । अहिलेको संविधान हाम्रो होइन, यस्तै रहेमा हामी मधेशलाई अलग देश पनि बनाउन सक्छौँ’ ठाकुरले चेतावनी दिए ।

नेपालको संविधान २०७२ मा जनताको अवधारणा : राष्ट्रिय बहस र मन्थन विषयक कार्यक्रममा सम्बोधन गर्दै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबू राउतले वर्तमान संविधान मधेशी, उत्पीडित, दलित, महिला,मुस्लिम लगायतलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको बताए ।

उनले सर्वस्वीकृत संविधान बनाउन हरेक वर्गको भावना समेट्दै संविधान संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको भन्दै समयमै संशोधन नगरे केन्द्र सरकारले ठुलै मूल्य चुकाउने चेतावनी दिए ।

मुख्यमन्त्री लालबाबु राउत संविधान दिवसका अवसरमा आफंैले घोषणा गरेको कार्यक्रम छोडेर गैरसरकारी संस्थाले गरेको संविधानविरोधी कार्यक्रम गएका हुन् ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्