Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँके घटनाबारे सांसदमा बोल्दै गृहमन्त्री : घटनाका दोषीहरुलाई हिरासतमा लिन निर्देशन

काठमाडौँ :  कांग्रेसले आयोजना गरेको दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएका छन् । आज आइतबार बसेको सांसदमा बाँकेको खजुरामा बिहीबार भएको झडपबारे कांग्रेसले उठाएको प्रश्न हो ।

कांग्रेस सांसद बालकृष्ण खाँडले भने, ‘बाँकेको खजुरा गाउँपालिकाको सीतापुरमा कांग्रेसको कार्यक्रम भइरहेको थियो । त्यो कार्यक्रममा संविधान कार्यान्वयन, मौलिक हक अधिकारको रक्षाको विषयमा कुरा भइरहेको थियो । बाँकेकी जिल्ला सभपाति किरण कोइराला हुनुहुन्थ्यो । अरिंगालहरु हलभित्र छिरेर र बाहिर पनि नाराबाजी गरे । आपत्तिजनक घटना भएको छ ।’

उनले अघि भने, ‘विधिको शासनको उल्लंघन भएको छ। शान्तिपूर्ण सभाकक्षभित्र कार्यक्रम भइहरेको थियो, त्यो ठाउँमा सत्तारुढ पार्टीका सदस्यहरुले सभा बिथोल्नु घोर आपत्तिकजनक छ । यसमा सरकारको धारणा के हो? आम नागरिक शान्तिपूर्ण रुपमा भेला हुँदा किन आक्रमण गरिन्छ, त्यो पनि ह्रिसंक ढंगले ?’

यसमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे आफू जानकार रहेको बताए । उनले भने, ‘बाँके घटनाबारे जानकारी गराउन चाहन्छु । भदौ २६ गते, बाँकेको खजुरा गाउँपालिका सीतापुरमा कांग्रेसको जागरण अभियान चलिरहेको अवस्थामा ६ जनाले कार्यक्रम स्थलमा आइ होहोल्ला तोडफोड गर्दा सभापति कोइरालको हात भाँचिएको छ । घटनाप्रति दुःख व्यक्त गर्दछ । पूर्व जानकारी नभए पनि प्रहरी लगत्तै पुगेको थियो ।’

उनले अघि भने, ‘घटनामा संलग्नमा निमल खत्री, रोशन ठकुरी, लोकबहादुरी शाहीलाई २८ गते पक्राउ गरिएको छ । बाँकीलाई पक्राउ गर्न निर्देशन भएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसदहरुसँग छलफल गरेर अवस्थालाई सहज बनाउने कोसिस गरिएको छ ।’

उनले घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्दै भने, ‘कार्यक्रम अघि सुरक्षा निकायलाई जानकारी दिन आग्रह गर्दछौँ । हिजो पनि कांग्रेसका साथीहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले कारबाहीको प्रक्रिया अघि बढाइसकेको छ । कानूनको कार्यान्वयन गराउन सरकार दृढ छ ।’

प्रकाशित मिति: Sep 15, 2019

प्रतिक्रिया दिनुहोस्