Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईको यो साता कस्तो रहनेछ ? हेर्नुहोस् यस्तो छ साप्ताहिक राशिफल

आज मीति २०७६ भदौ २९ गते आइतबार, तपाईको यो साता अर्थात् भदौ २९देखि आश्विन ४ गतेसम्मको राशिफल यस्तो रहेको छ :

मेष :  साता मिश्रित प्रायः रहनेछ । शनिबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार भाग्यवर्धक अवसर प्रकट हुनेछ । बृहस्पति, शुक्रबार बोलीवचनमा सावधान रहनु बेस हुनेछ ।

वृष :  साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । रवि, सोमबार नवीन आयस्रोत खुल्नेछ । मन प्रसन्न हुनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार भाग्य वृद्धि हुनेछ ।

मिथुन :  साातको अन्तिम बाहेक बाँकी सबे दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्म गरिनेछ । मनमा सन्तोष मिल्नेछ । रवि, सोमबार आटेको काममा सफलता मिल्नेछ । सम्मानित भइनेछ । मंगल, बुधबार लाभैलाभ हुनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।

कर्कट :  साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । बृहस्पति, शुक्रबार आयआर्जनको मात्रा बढ्नेछ ।

सिंह :  साताको सुरु र अन्तिम अनुकूल रहनेछन् । शनिबार व्यापार व्यवसाय र पारवहन कार्य निकै सहज रहनेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति शुक्रबार मानसम्मान मिल्नेछ ।

कन्या :   साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार शत्रु पराजित हुनेछन् मावलीबाट सहयोग पाइनेछ । रवि, सोमबार अत्यन्त सुखद र सहज यात्रा हुनेछ । रमाइलो गरिनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ ।

तुला :   साताको सुरु र अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार सावधानयोग्य रहनेछ । रवि, सोमबार शत्रुमाथि विजय प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । मंगल, बुधबार दाम्पत्य जीवनमा सहजता आउनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।

वृश्चिक :  साताको अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार नियमित कामलाई निरन्तरता दिनु पर्नेछ । मंगल, बुधबार आटे ताकेको काम सजिलै बन्नेछ । बृहस्पति, शुक्रबार पारिवारिक सहयोग प्राप्त हुनेछ ।

धनु :  साातको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार सामाजिक कार्यक्रममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम रहनेछ । बृहस्पति, शुक्रबार शत्रु परास्त हुनेछन् । दीर्घकालीन काम बन्नेछ ।

मकर :  साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार आर्थिक विचलन देखिन सक्नेछ । रवि, सोमबार साताकै सफलता प्रदायक र कार्य्सिद्धिदायक रहनेछ । मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम रहनेछ ।

कुम्भ :  साता मिश्रित प्रायः रहनेछ । शनिबार भाग्यवर्धक कार्य्सिद्धि हुनेछ । रवि, सोमबार बोलीमा सावधान रहनु पर्ने देखिन्छ । मंगल, बुधबार विशेष क्रियाशीलता र व्यस्तता बढ्नेछ । समाजिक दायित्व थपिनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।

मीन :  साता सरदर खालको रहनेछ । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । उपयुक्त अवसर मिल्नेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार निर्णायक कामको जिम्मा बढ्नेछ । दायित्व थपिनेछ ।

प्रकाशित मिति: Sep 15, 2019

प्रतिक्रिया दिनुहोस्