Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाईलाई आँखामा समस्या छ ? आँखाबाटै थाहा पाउनुहोस् यस्ता ७ गम्भीर रोगको संकेत

हाम्रो आँखा अति नै कामुक अंग हो । यो देख्दा सानो देखिए पनि यसमा सानो चोटपटकले ठूलो र जटिल समस्या ल्याउन सक्छ ।

आँखामा देखिने सातातिना कमजोरीले ठूला रोगको संकेत दिइरहेका हुन्छन् । तर, हामीले कतिपय आँखाका कमजोरीहरुलाई बेवास्ता गर्छौं । यी समस्याअरु पछि गएर ठूलो समस्या बन्न सक्ने कुरामा डाक्टरहरुले सचेत गराएका छन् ।

तसर्थ हामीले आँखामा कुनै पनि किसिमको समस्या अथवा कमजोरी देख्नेबित्तिकै डाक्टरलाई देखाउनुपर्छ । यसले भविष्यमा आउन सक्ने खतराबाट हामीलाई बचाउँछ । त्यतिमात्र नभएर, यदि हामीले आँखामा देखिएका यी संकेतहरुलाई बुझेर समयमै उपचार गर्न सक्यौं भने ठूला रोगबाट बच्न सकिन्छ ।

यहाँ दिइएका रोगहरुको संकेत यसप्रकार छन् –

१. ब्रेन ट्युमर :  आँखाने धमिलो देख्न, आँखाको रङ बदलिँदै जानु साथै टाउको दुख्नु, थकान र कमजोरी भएसी ब्रेन ट्युमरको लक्षण हुन सक्छ भन्ने बुझ्नुपर्छ ।

२. मोतियाविन्दु :  आँखाको नानीको रङ सेतो हुनु मोतियाविन्दुको लक्षण हुन सक्छ । यो रोगले आँखाको लेन्स बिग्रिने खतरा हुन्छ ।

३. कमलपित्त :  आँखाको पहेंलोपना बढ्नु कमलपित्त (जण्डिस)को संकेत हो । यसले कलेजो बिगार्छ, रगत पहेंलो हुनुका साथै पाचनशक्ति कमजोर हुन्छ ।

४. मुटुरोग :   शरीरमा कोलेस्टेरोलको मात्रा बढ्दा आँखाको ढकनीको दाग बस्न थाल्छन् । यो मुटुरोगको संकेत हुन सक्छ ।

५. एनिमिया :  पूरै आँखा सेतो हुनु एनिमिया वा रगतको कमीको संकेत हुन सक्छ । यसो हुँदा थकान, कमजोरी, सास लिन मुस्किल हुने समस्या हुन्छ ।

६. कन्जंटिभाइटिस :  आँखा रातो कुनु कन्जंटिभाइटिस नामको रोगको संकेत हुन सक्छ । यसले शरीरमा विभिन्न गिर्खा आउने इन्फेक्सन र एलर्जीजस्ता समस्या हुन्छ ।

७. थाइराइड :  आँखा सुन्निनु वा बाहिर उठ्नु थाइराइडको लक्षण हुन सक्छ । यसले आँखामा तनाव पनि गराउन सक्छ ।

प्रकाशित मिति: Sep 14, 2019

प्रतिक्रिया दिनुहोस्