Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँके आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गर्ने काँग्रेसको घोषणा

काठमाडौँ :  नेपाली काँग्रेसले नेपालजञ्जमा बिहीबार भएको आक्रमणका विरुद्ध सांकेतिक विरोध गर्ने भएको छ । जागरण अभियानमा आक्रमण भएको विरोधमा नेपाली काँग्रेसले सांकेतिक विरोध गर्ने भएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनाको विरोध गर्दै भोलि शनिबार ८ बजे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।

‘नेपालगञ्जमा भएको आक्रमणको घटनालाई लिएर काठमाडौ, ललितपुर र भक्तपुरका जिल्ला सभापतिले सिङ्गो काँग्रेसको तर्फबाट गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने शनिबारै माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ’ पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यो घट्नाले राजनीतिक प्रवृति देखिएको छ ।’

घटनामा संलग्नहरुलाई तत्काल कारवाही नगरे थप आन्दोलन गर्ने भक्तपुर सभापति दुर्लभ थापाले आक्रोश पोखे ।

बिहीबार मात्रै बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा भएको कार्यक्रममा नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप भएको थियो । झडपमा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँचिएको छ भने अन्य केही घाइते भएका छन् ।

प्रकाशित मिति: Sep 13, 2019

प्रतिक्रिया दिनुहोस्