Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडाध्यक्षले कबाडीमा बेचिदिए झोलुङ्गे पुल

नुवकोट : विदुर नगरपालिका-५ र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुसी बेचेका छन् ।

विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका-८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीलाई देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेका हुन् ।

वि.सं. २०२१ मा निर्माण भएको पुललाई स्थानीय तहका जनप्रतिनिधिले संरक्षण गर्नुको साटो उल्टै बेच्दा आमनागरिकलाई केही थाहा नदिएको स्थानीयवासी बताउँछन् । पुराना सम्पदा सार्वजनिकरुपमा निर्णय नगराई बेची दिँदा देवीघाटका स्थानीयवासी दुखी बनेका छन् ।

कबाडीका रुपमा पुललाई सुरुमा तीन लाखमा बेच्ने हल्ला चलेको थियो। तर पछि ७० हजारमा मात्रै बेचिएको थाहा भएको देवीघाट जाल्पा क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सुरथबहादुर चित्रकारले बताए । उनले भने ‘पञ्चायत कालमा निकै मिहेनत गरेर पुलको निर्माण गरिएको हो । पछि त्यही पुलसँगै अर्को पक्की पुल निर्माण भएपछि साना ठूला गाडी पक्की पुलबाट र पैदल यात्रु झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका थिए।‘

त्यस्तै विदुर नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार चित्रकारले पुल आफूले मात्र नभई बेलकोटगढी नपा(८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीसँगको समन्वयमा नै बिक्री गरेको दाबी गरे ।

गल्छी(त्रिशूली सडक आयोजनाले सडक बनाउँदा पुललाई लथालिङ्ग पारेर छाडेको तथा पुरानो प्रयोगविहीन रहेकाले कवाडीलाई बेचिदिएका हौँ”, उनले भने, ‘कबाडीलाई ७० हजारमा बेची रु ३५/३५ हजार दुवै वडाले बाढेर लिएका थियौँ ।’ यता गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी सडक आयोजना कार्यालयले भने सडक बनाउँदा पुललाई छुँदासमेत नछोई सडकको काम गरेको जनाएको छ ।

विदुर नगरपालिका कार्यालय प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिका कार्यालय प्रमुख राजेन्द्ररमण खनालले आफ्नो नगरमा भएको पुरानो पुल बेचिँदा वडाध्यक्षहरुले नगरपालिकामा कुनै लिखित सूचना नदिएको बताए ।

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्