Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माण भएको ३ महिनामै भासियो कालोपत्रे सडक

सांकेतिक तस्बिर

कञ्चनपुर :  ब्रह्मदेव-टनकपुर लिंक रोड निर्माण भएको ३ महीनामै कालोपत्रे सडक भासिएको छ । भीमदत्त नगरपालिका वडा नं ८ र १० नजिक खन्या खोलामा बनेको पक्की पुल छेउको कालोपत्रे सडक भासिएको हो ।

वर्षाको पानी जम्मा भएर सडक भासिएको सडक डिभिजन कार्यालयका इञ्जिनीयर योगेन्द्र अधिकारीले बताए । ३ मिटर चौडा र ३० मिटर लम्बाइको सडक तिलकेनी नजिक कालोपत्रे गरिएको सडक भासिएको उनले जानकारी दिए ।

उनले भने, “ठेकेदारलाई पत्राचार गरेर तत्काल पुनःनिर्माण गर्न भनेका छौँ ।” दुई दिनभित्रै भाँसिएको सडक निर्माणको कार्य हुने उनले बताए । रु २१ करोड ४ लाखको लागतमा सडक निर्माणको कार्य एमके निरिज जेभीले गरेको हो । विसं २०७३ फागुनदेखि सडक निर्माणको कार्य शुरु भई २०७६ भदौ २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि रहेको छ ।

प्रकाशित मिति: Aug 30, 2019

प्रतिक्रिया दिनुहोस्