Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदिपले समेत हान्न सकेनन् सलमानको छातीमा लात

सलमान खान आफ्नो आगामी फिल्म ‘दबंग थ्री’को शुटिङमा व्यस्त छन् । सलमान खान र सोनाक्षी सिन्हा ७ वर्षपछि चुलबुल पाण्डे र रज्जोको रुपमा पुनः एकसाथ देखिँदैछन् ।

यस फिल्ममा धेरै फरकपन ल्याइएको छ जस्तो कि यो फिल्ममा कन्नड नायक सुदिप भिलेनको रुपमा देखिनेछन् भने प्रभुदेवाको निर्देशन फिल्म बनिरहेको छ ।

केही दिन अघि सुदिपले एक तस्बिर सेयर गरेका थिए जसमा उनी सलमानसँग फाइट गरिरहेको देखिएका थिए । त्यतिबेला यो तस्बिर निकै भाइरल पनि भएको थियो ।

एक अन्तर्वार्तामा उनले सलमानसँग आफ्नो दोस्तीबारे बताउँदै सलमानसँग दबंग थ्रीको फाइट सीनमाथि बोलेका छन् । उक्त अन्तर्वार्तामा उनले सलमानसँगको एउटा फाइटको दृश्य गर्न निकै समस्या भएको बताए ।

उनले भने, ‘एक फाइट सीनको क्रममा मैले सलमानको छातीमा किक हान्नु थियो जुन गर्न मलाई निकै समस्या भयो । म सलमानलाई यति सम्मान गर्छु कि उनको छातीमा लात हान्न सकिरहेको थिइनँ । तर सलमानले मलाई गाली गरे र आफूलाई किक हान्न भने । तर मैले गर्न सकिनँ त्यसकारण उक्त सीनलाई अर्कै तरिकाले सुटिङ गर्नुपर्यो । पछि मलाई थाहा भयो कि साउथमा मानिसहरु किन उनलाई किक हान्न सक्दैनन् ।’

सुदिपले उक्त अन्तर्वार्तामा आफूले सलमानसँग वर्कआउट पनि गरेको र सलमानले जनावरलेझैं तालिम गर्ने बताए ।

प्रकाशित मिति: Aug 29, 2019

प्रतिक्रिया दिनुहोस्