Logo
१५ बैशाख २०८१, शनिबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् आजको राशिफल : मिथुन भाग्योदयकारक, वृश्चिक काममा ढिलासुस्ती

आज मिति २०७६ भदौ ९ गते सोमबार, ज्योतिष शास्त्रअनुसार यस्तो रहनेछ तपाईको आजको दिन –

मेष :  दिन उत्तम रहनेछ । कार्य सम्पादनमा गति थपिनेछ । सामजिक कार्यव्रmममा व्यस्त भइनेछ । यश, कीर्ति मिल्नेछ ।

वृष :  दिन मध्यम रहनेछ । आर्थिक र मौखिक पक्ष निकै कमजोर रहनेछ । खानपानका विशेष परिकारहरुमा ख्याल गर्नु पर्नेछ । शरीर अस्वस्थ हुन सक्छ ।

मिथुन :  दिन भाग्योदयकारक रहनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । पढाइ लेखाइले गति लिनेछ । उपयुक्त अवसर मिल्नेछ ।

कर्कट :  दिन प्रतिकूल रहनेछ । आटेको काम बन्न कठिन हुनेछ । व्यवहारिक समस्याले पिरोल्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

सिंह :  दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त मार्गहरू खुल्नेछन् । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मन प्रसन्न हुनेछ ।

कन्या :  दिन अनुकूल रहनेछ । कामप्रति रूचि बढ्नेछ । कार्यसम्पादनमा गति थपिनेछ । मान सम्मान तथा पुरस्कार मिल्नेछ ।

तुला :  दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता प्राप्त गर्न कठिन हुनेछ । मनमा असन्तोष प्राप्त हुनेछ । धैर्य गर्नु बेस हुनेछ ।

वृश्चिक :  दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । मन खिन्न हुनसक्नेछ । महत्वपूर्ण कामको आशा नगर्ने बेस हुनेछ ।

धनु :  दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ ।

मकर :  दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । व्यवहारमा सरलता आउनेछ । आत्मबल वृद्धि हुनेछ । राम्रो सङ्कतको प्रभाव पर्नेछ ।

कुम्भ :  दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्नेछ । कडा प्रतिस्पर्धा गरिनेछ । स्वास्थ्यप्रति पनि निकै सावधान रहनु पर्नेछ ।

मीन :  दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । मुख्य काममा व्यवधान आउनसक्छ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्